पूर्वराजदूत झा आफ्नै निवासमा मृत फेला, को हुन् झा ?

पूर्वराजदूत झा आफ्नै निवासमा मृत फेला, को हुन् झा ?

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ, ४ भदौ ।

फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”उहाँले भन्नुभयो ।
मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उहाँको अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख लामाले बताउनुभयो । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताउनुभएको थियो ।

को हुन् झा ?

–राजदूत झाको जागिरे जीवन राजकीय संस्कृत महाविद्यालयको शिक्षकको रुपमा भएको थियो । त्यो बेला सरकारी विद्यालयका शिक्षक नेपाल सरकार शाखा अधिकृत सरह मानिन्थे । त्यसैले उक्त महाविद्यालयको शिक्षकबाट उनी बिसं २०२३ मा परराष्ट्र मन्त्रालयमा सरुवा भएका थिए ।

–परराष्ट्र मन्त्रालयमा सरुवा भएको केही बर्षपछि उनको पहिलो पोष्टिङ शाखा अधिकृतका रुपमा जर्मनीस्थित नेपाली राजदूतावासमा भएको थियो भने उपसचिव छँद अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा भयो ।

–झा वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासबाट न्यूयोर्क्स्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा सरुवा भए ।

– परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भएपछि चिफ अफ प्रोटोकल बने ।

–परराष्ट्र मन्त्रालयमा ‘चिफ अफ प्रोटोकल’को रुपमा काम गरेका झा ११ चैत्र ०४९ देखि १६ पुष ०५४ सम्म फ्रान्सका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

– राजदूतको ४ बर्षे जिम्मेवारी पुरा गरेर फर्किएपछि झा लामो समय नेपाल विश्व सम्बन्ध परिषद्को अध्यक्ष भए ।

–राजा महेन्द्रपछि तत्कालिन राजा बीरेन्द्रको सन् १९९४मा एसिया भ्रमण उनकै पहलमा भएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ