एकाविहनै कालीमाटी तरकारी बजारमा अनुगमन

एकाविहनै कालीमाटी तरकारी बजारमा अनुगमन

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, भदौ ४ ।
प्रतिनिधिसभामा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक बिचाराधिन रहेका समय एकाबिहानै सरकारले आज काठमाडौंको कालीमाटी तरकारी बजारमा अनुगमन गरेको छ ।

बिना जानकारी अनुगमन गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि कालमाटी तनावग्रस्त बनेको छ । बिचौलियाका कारण काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तरकारीको मूल्य आकाशिएपछि आपूर्ति मन्त्रालयले तरकारी उत्पादन हुने जिल्लादेखि बिक्रि हुने स्थानसम्मको स्थलगत अनुगमन गरेको हो ।

किसानले बिक्रि गर्दाको मुल्य भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्रि मुल्य पाईएको मन्त्रालयको भनाई छ । बिहान करिब ३ बजे कालीमाटी पुगेको सरकारी टोलीले बिना बिल काठमाडौं भित्र्याएको ना ४ च ६६३४ नम्बरको तरकारी बोकेको ट्रक र त्यसका चालक सुदिप दराई तथा बा ६ च ९६४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
९६४ नम्बरका ट्रकका चालक कर्मा तामाङ फरार भएपछि विवाद सुरु भएको थियो । दुवै ट्रकमा लोड भएको तरकारीको बिल नभएको, कहाँबाट तरकारी ल्याएको सो बारे जानकारी नभएको, तरकारी कस्को हो सो बारे समेत जानकारी नदिएकाले दुवै ट्रकलाई नियन्त्रणमा लिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अनियमिततामा संलग्न जो कोहीलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सरकारी कदमको बिरोध गर्दै स्थानीय व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

बा ६ च ९६४ नम्बरको ट्रकलाई कुनै पनि सर्तमा बाहिर लान नदिने भन्दै उनीहरु मुल गेटमा ताला लगाएर बिरोधमा उत्रिएका हुन् । सम्भावित झडपलाई ध्यानमा राखी काठमाडौं प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी