पोखराको न्यूरोडमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

पोखराको न्यूरोडमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पोखरा, भदौ ४ ।
पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ । आगलागीको कारण खुल्न नसके पनि प्रहरीले भने विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ