नेपाल समूह चरणबाटै बाहिरियो

नेपाल समूह चरणबाटै बाहिरियो

  • सोमवार, भदौ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, भदौ ३ । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को फुटबलतर्फ पाकिस्तानसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

समूहकै सबैभन्दा कमजोर पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्ने सम्भावना औंल्याइँदा नेपालले अप्रत्याशित हार व्यहोरेको हो ।

आइतबार भएको खेलको ११औं मिनेटमा सहबाज युनासले आत्मघाती गोल गर्दा नेपालले अग्रता बनाएपनि अग्रतालाई जोगाउन सकेन ।

५५औं मिनेटमा पाकिस्तानका लागि मोहम्मद बिलालले बराबरी गोल गरे फर्काएका थिए ।

७२औं मिनेटमा सद्दाम हुसेनले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई जिताए ।

यसअघि, आफ्नो पहिलो खेलमा नेपाल जापानसँग १–० ले तथा दोस्रो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ