अदालत परिसरबाटै प्रकाण्डको गिरफ्तारी द्वन्द्वकालीन ज्यादति जस्तैः शान्ति समाज

अदालत परिसरबाटै प्रकाण्डको गिरफ्तारी द्वन्द्वकालीन ज्यादति जस्तैः शान्ति समाज

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

३ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको घटनाको कानून व्यवसायीहरुले मात्र नभई मानव अधिकारकर्मीहरुले विरोध गरेका छन् ।

शान्ति समाजले आइतबार आफ्नो फेसबुक पेजमासम्मानित न्यायालयको आदेशमा रिहा भएका व्यक्तिलाई अदालत परिसरबाटै गिरफ्तार गर्ने सरकारको कार्यलाई गलत भएको धारणा सार्वजनिक गरेको हो । गिरफ्तारकोे विपक्षमा मत राखेको छ ।

‘नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई २०७५ भदौ १ गते सर्वोच्च अदालत परिसरबाट प्रहरीले पुनः गिरफ्तार गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको छ’ पेजमा भनिएको छ ।
यो गिरफ्तारले दस वर्षे जनयुद्ध (सशस्त्र द्वन्द्व)को बेलाका मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाको पुनरावृत्ति भएको संकेत मिलेको शान्ति समाजको भनाई छ ।

भनिएको छ– ‘सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै सर्वोच्च अदालत परिसरबाटै निजलाई प्रहरीले पुनः पक्राउ गर्नु गलत हो । २०५२ सालपछि द्वन्द्वकालिन अवस्थामा द्वन्द्वरत पक्षहरुले गरेका मानव अधिकार उल्लंघन र ज्यादतिका घटनाहरुको पुनरावृत्तिको संकेत देखिनु दुर्भाग्यपूर्ण छ ।’

कानूनी शासन, अन्तराष्ट्रिय मानव अधिकार र मानवीय कानूनको सदैव सम्मान र पालनामा जोड दिँदै अभियानरत रहँदै आइरहेको उल्लेख छ । मानवअधिकार रक्षाका लागि क्रियाशील शान्ति समाज जस्तोसुकै अवस्थामा पनि मानअधिकार, लोकतन्त्रको मूल्यहरुको रक्षाको खातिर अभियानरत रहने समाजले प्रतिवद्धता जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ