चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन

चन्द्रबिनायक मन्दिरको संरक्षण गर्न समिति गठन

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

भक्तपुर, ३ भदौ । भक्तपुर सिपाडोल स्थित वडा नं ८ मा रहेको चन्द्रबिनायक मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

केदारनाथको शिर डोलेश्वर मन्दिरको नजिकै रहेको यो मन्दिरको संरक्षण र प्रर्वद्धनको अभावमा ओझेलमा परेको स्थानियहरु बताउँछन् । परापूर्वकाल देखिनै यो मन्दिर रहेता पनि यसको स्थापना कहिले भएको हो भन्ने तथ्य हालसम्म पनि फेला परेको छैन । लामो समयसम्म संरक्षणको अभावमा रहेको यो मन्दिरको ब्यवस्थापन गर्न स्थानीयहरु यति बेला जुटेका छन् ।

चन्द्रबिनायक मन्दिरको समग्र व्यवस्थापनका गर्न एक समिति गठन गरिएको छ । स्थानीयहरुको एक भेलाले चन्द्रविनायक मन्दिर निर्माण तथा संरक्षण उपभोक्ता समिति गठन गरी मन्दिरको समग्र व्यवस्थापनका साथ अघि बढ्ने गरी समिति गठन गरेका छन् ।

भेलाले समितिको अध्यक्षमा दीपक बस्नेतलाई चयन गरेको छ । यसैगरी उपाध्यक्षमा यसोदा बस्नेत, सचिवमा निश्चल बस्नेत, कोषाध्यक्षमा बीना बस्नेतलाई चयन गरेको छ । सदस्यहरुमा हरि प्रसाद बल्ल, राजु थापा, विष्णु ज्यांख (पार्वती), राजाराम केसी, अनिल थापा, परशुराम दाहाल, जितबहादुर लिम्बु, रामशरण बस्नेत र नन्दुराम बस्नेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ