एसियाली खेलकुदः आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङ सहित ७ खेलमा प्रतिस्पर्धा गर्दै

एसियाली खेलकुदः आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङ सहित ७ खेलमा प्रतिस्पर्धा गर्दै

  • आइतवार, भदौ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, ३ भदौ ।

एसियाली खेलकुदको दोस्रो दिन आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङ सहित विभिन्न ७ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

उद्घाटन समारोह अघिदेखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानको सामना गर्न लागेको हो ।
अघिल्लो दुई खेलमा पराजित नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । पाकिस्तानलाई पनि सो मौका रहनेछ । अघिल्लो दुई खेलमा पाकिस्तान पनि पराजित भएको थियो ।

यस्तै पुरुष पुम्सेअन्तर्गत अन्तिम १६ मा कमल श्रेष्ठले चाइनिज ताइपेइका चेन चिङसँग प्रतिस्पर्धा गर्नेछन् भने महिला एकल पुम्सेको अन्तिम १६ मा पार्वती गुरुङले चाइनिज ताइपेइकै लियाउ वेन सुवानसँग खेल्नेछिन् ।

तेक्वान्दोकै महिला टिम पुम्से अन्तिम १६ मा नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टिममा पार्वतीसँगै निता गुरुङ र सिना मादेनले प्रतिस्पर्धा गर्नेछन् ।

तेक्वादोको पुम्सेतर्फ यो नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धा हो ।

आजै नेपालले उसुमा पनि प्रतिस्पर्धा गर्दैछ । पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् ।

पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् ।
महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थोएसँग खेल्नेछिन् ।

उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने छिन् । ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।

सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टालीले माल्दिभ्सँग प्रतिस्पर्धा गर्नेछन् । फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले आजै तीन खेल खेल्नेछिन् ।

समूह ‘सी’ अन्तर्गतको खेलमा श्रेष्ठले हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया र जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्ने्छिन् ।

यसैगरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली र इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन् ।

त्यस्तै कबड्डीको पुरुषतर्फ आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ