पत्करको डस्ना र पत्थरको सिरानी संझदैछु
युध्दले चिनो छोडिगएका निशानी संझदै छु
संझाएर वाँच्नेलाई गोली निलेको योध्दाले
ढल्दै गर्दाको शव्द, पानी पानी ! संझदैछु
धोका जस्तै लाग्ने चौबाटोमा उभिएर म
हजारौं वीर वीरंगनाको कुर्वानी संझदैछु
त्यो लड्नेले नलेखेको नलड्नेले नदेखेको !
लेख्न वाँकि महान्यासको कहानी संझदैछु !
-बलराम तिमल्सिना
२०७३/०६/१६
ढल्को
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline