‘प्रदेश ३ को नाम नेवा–ताम्सालिङ नै सही हुन्छ’

‘प्रदेश ३ को नाम नेवा–ताम्सालिङ नै सही हुन्छ’

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 29.1K
    SHARES

२ भदौ, काठमाडौं ।

संघीय सांसद गंगाबहादुर तामाङ ‘वामध्वज’ले प्रदेश नम्बर ३ को नामा नेवा–ताम्सालिङ राख्दा ठीक हुने बताएका छन् । साथै प्रदेश नं. ३ को राजधानी काभ्रे हुनुपर्ने धारणा समेत उनले राखेका छन् ।

अनामनगरमा अवस्थित संवाद डबलीमा आयोजित नाङसाल क्लब नेपालको ९४औं साहित्य वाचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले आफूले त्यसनम्ति लागि पहल थालेको बताए ।

सांसद तामाङले आफूले निर्वाचनको बेला मतदातासँग प्रतिवद्धता गरेको तेमालमा तामाङ संग्रहलय निर्माण गरिने बताए । प्रदेशको यस नाममा सहमति जुटन नसके नेवा–ताम्सालिङ–बाग्मतीबारे पनि छलफल चलाउन सकिने उनको धारणा थियो ।

कार्यक्रममा तामाङले क्लबका सल्लाहकार ढकबहादुर घिसिङको ‘ताम्बा’ गीत सार्वजनिकीकरण गरेका थिए । साथै राजेन्दू ङ्यासुर, हिक्मत सिं वाइबा, दीर्घ तामाङ ङ्यासुर, ढकबहादुर घिसिङ र तीर्थमान बललाई प्रमुख अतिथि तथा सांसद तामाङबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा, चलचित्रकर्मी विनय दोङ, स्रष्टाहरु ङेमा गोले र धनकुमारी घिसिङ, गायक अशोक तामाङ, गायक तथा संगीतकार झोकलाल तामाङ, गायिका इन्दिरा गोले र समाजसेवी भीम तामाङ अतिथि थिए ।

कार्यक्रमका सभापतित्व क्लबका अध्यक्ष मिक्साङ वाइबाले गरेकी थिइन् । नाङसाल क्लब तामाङ समुदायकेन्द्रित साहित्यिक संस्था हो । यसले हरेक महिनाको पहिलो शनिबार साहित्यिक वाचन कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

तस्बीर: दीपा चाैधरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ