बलात्कारीलाई फाँसी दिन माग गर्दै माइतीघरमा भएकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, देखियाे यस्ताे हर्कत(भिडियाेसहित)

बलात्कारीलाई फाँसी दिन माग गर्दै माइतीघरमा भएकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, देखियाे यस्ताे हर्कत(भिडियाेसहित)

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.9K
    SHARES

२ भदौ, काठमाडौं ।  शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । साे क्रममा प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेतकाे सहभागीता थियाे । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

यसअघि सरकारले माइतीघरमा प्रदर्शन गर्न नपाइने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर, सर्वोच्च अदालतले आदेश कार्यान्वयन नगर्न भनेको छ । तैपनि प्रहरीले शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुमाथि हस्तक्षेप गरेको आयोजकहरुको गुनासो छ ।अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई पक्राउ गर्याे ।

गिरफ्तारीमा परेकाहरूले यो घटनाले त देशमा अधिनायकवाद आएको महसुस भएकाे बताएका छन् ।

हेर्नुहाेस् भिडियाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ