नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक, के भयाे छलफल ?

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक, के भयाे छलफल ?

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौँ, २ भदौ।

नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ ।

काठमाडौँमा यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान्यता, क्वारेन्टाइन नाकाको विस्तार र पशुपक्षी विकासका लागि परियोजना सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेपालमा प्राङ्गारिक कृषिखेती प्रवद्र्धको लागि भारतको तर्फबाट सहयोग गर्न तयार पारिएको विस्तृत खाकामा नेपालका तर्फबाट पेश भएका सुझाव समेटेर भारतीय पक्षबाट अन्तिमरुप प्रदान गरी नेपाली पक्षलाई उपलब्ध गराउने जानकारी गराइएको थियो ।

नेपालबाट भारततर्फ कृषि वस्तु निर्यात गर्न नेपाल भारत सिमामा पर्ने जनकपुरको भिट्टामोड र धनगढीको गौरीफाँटमा क्वारेन्टाइन पोष्ट स्थापना कार्य शुरु भएको भारत पक्षले जानकारी गराइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा कृषि क्षेत्रको थप विकासमा द्विपक्षीय सहयोग र समन्वयलाई जोड दिइएको थियो भने नेपाल तथा भारतका प्रधानमन्त्रीको राजकीय भ्रमणमा भएका कृषिसँग सम्बन्धित सम्झौता र हस्ताक्षरको विषयमा अवगत गराइएको थियो ।

बैठकको नेतृत्व नेपालबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्की र कृषि एवं किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदमले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ