कोशीको पिडाः कहिले होला अन्त्य ?

कोशीको पिडाः कहिले होला अन्त्य ?

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

सुनसरी, २ भदौ । कोशी नदीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको आज १० वर्ष पूरा भएको छ ।

२०६५ साल भदौ २ गते सप्तकोशी नदी पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको थियो । कोशीले ४२ हजार मानिस प्रभावित भएका थिए ।
महिनौ दिन शिविरमा बसेर घर फर्किएका उनीहरुले अहिलेसम्म पनि राहत महसुस गर्न सकेका छैनन् । नदीले धार परिवर्तन हुँदा पुगेको क्षतिको अझै राहत र मुआब्जा वितरण भएको नहुँदा कोशी प्रभावितको पिडा जस्ताको तस्तै छ ।

पूर्व कृषि मन्त्री नन्दन दत्तको संयोजकत्वमा बनेको उच्चस्तरीय आयोगले निर्धारण गरेको जग्गाको मुआब्जा र क्षतिपूर्ति अहिलेसम्म पाएका छैनन् ।
उच्चस्तरीय आयोगले कोशीले पुर्याएको क्षतिको तीन खाले वर्गीकरण गरेर त्यसैअनुसारको मुआब्जा दिन सरकारलाई सिफारिस गरेको थियो ।

आयोगका अनुसार पुरै खोलाको धार बगेको जग्गालाई रातोमा बर्गीकरण गरेर प्रति बिगाह २ लाख रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म मुआब्जा दिने भनिएको थियो ।

यसैगरी पहेँलोमा अर्थात खेतीपाती गर्न सकिने जग्गाको एक लाख रुपैयाँसम्म प्रति बिगाह दिने भनिएको थियो भने पानी मात्रै जग्गाको ५५ हजार रुपैयाँका दरले पीडितलाई रकम दिने भनिएको थियो ।
तर वर्षौं बित्दा समेत कोशी प्रभावितहरुले आयोगले भनेअनुसारको जग्गाको मुआब्जा र बालीको क्षतिपूर्ति पाउन सकेका छैनन् । ३७ सय बिगाह खेतीयोग्य जमिन कोशीले प्रभावित गरेकोमा अहिलेसम्म २१ सय बिगाहको मात्रै क्षतिपूर्ति वितरण भएको छ । अझै १७ सय बिगाहाको क्षतिपूर्ति वितरण हुन सकेको छैन ।

यसैगरी कोशीबाट प्रभावित भएका र घर भत्किएका ३३ सय ७० परिवारलाई घर बनाउनका लागि काठ दिने समेत घोषणा भएको थियो । अहिलेसम्म १६ सय परिवारले मात्रै काठ पाएक छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ