प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

प्रधानन्यायाशीसमा किचलो: को हुन कायममुकायम ?

  • शनिबार, भदौ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको दुई तिहाइ बहुमतबाट प्रधानन्यायाधीसमा अस्वीकृत भएलगत्तै सर्बोच्च अदालतका न्यायाधीश दीपकराज जोशी विदामा बसे ।

कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा सुनुवाइको सामना गरेका जोशीमाथि पाँचवटा अभियोग लाग्यो । जसका कारण उनी बिदा बसे । विदा आगामी भदौ ४ गते(सोमबार) मा सकिदैछ ।

उनी बिदामा बसेपछि बरीयताक्रममा उनीमुनीका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा कार्यभार सम्हाले । शुक्रबार विहानसम्म मिश्रले कामुकै हैसियतमा मुद्दाको पेसी तोक्नेदेखि न्यायिक प्रशासनको नेतृत्व गरिरहेका छन् ।

बिदामा बसेका जोशीले शुक्रबार मुलुकी संहिता लागु भएको अवसर पारेर संचिवालयमार्फत सन्देश जारी गरे ।

जहाँ उनको परिचय छ ‘कायममुकायम प्रधानन्यायाधीश तथा अध्यक्ष, न्यायपरिषद ।’ फौजदारी र देवानी संहिता लागु भएको अवसरमा उनको संदेशको मुल आशय, ‘न्यायका मान्य सिद्धान्तहरुको परिपालनको गन्तब्यको पहिलो पाइला बनोस ।’

नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा प्रधानन्यायाधीशको पद रिक्त भएमा, काम गर्न असमर्थ भएमा, विदा बसेमा वा नेपाल बाहिर भएर उपस्थित हुन नसक्ने अवस्था भएमा बरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने उल्लेख छ ।

कायममुकायको हैसियतमा रहेका जोशी विदामा बसेपछि सो संवैधानिक व्यवस्थाअनुसार उनीमुनीका न्यायाधीश मिश्र स्वतः कायममुकायम हुन्छन् । -राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ