कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने

कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने

  • शुक्रबार, भदौ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, भदौ १ ।
कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने भएको छ । आज देखि अण्डरपास खोल्ने तयारी गरेपनि केही काम बाँकी रहेको भन्दै आज नखोल्ने निर्णय भएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालका अनुसार अण्डरपासमा रंग गर्ने, साइन बोर्ड राख्ने लगायतका काम बाँकी छन् ।

ती काम छिट्टै सकेर सर्वसाधारणको लागि अण्डरपास खुलाउने आयोजनाको तयारी छ । ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेर २०७२ सालमा अण्डरपास निर्माणको काम सुरु गरिए पनि २ वर्षमा सकिन लागेको हो ।

असार १५ गते भित्रै खुल्ने भनिएको कलंकी अण्डरपास वर्षाका कारण काम गर्न नपाउँदा ढिलो भएको थियो । अण्डरपास खुलेपछि कलंकीमा अहिले हुने गरेको जाम ९० प्रतिशतले घट्ने चक्रपथ आयोजनाले दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ