यातायात मन्त्री महासेठको दाबी, १२ दिन भित्र काठमाडौंका खाल्डा खुल्डी पुरेर देखाउँछु

यातायात मन्त्री महासेठको दाबी, १२ दिन भित्र काठमाडौंका खाल्डा खुल्डी पुरेर देखाउँछु

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, ३१ साउन । भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले अबको १२ दिनभित्र काठमाडौंका सबै खाल्डाखुल्डी पुर्ने दाबी गर्नुभएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले अबको १२ दिनभित्रै काठमाडौंका सबै खाल्डाखुल्डी पुरिनुका साथै चाबहिल साँखुको बाटोको काम सम्पन्न गर्न निर्देशन दिइसकिएको बताउनुभयो ।

आज बसेको समितिको बैठकमा सांसदहरुले सडकको खाल्डा खुल्डीले समस्या भएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएपछि मन्त्री महासेठले उक्त दाबी गर्नुभएको हो ।

जवावमा मन्त्री महासेठले यातायातमा सिन्डिकेट नरहेको दाबी गर्दै केही दिनभित्र सबै सिन्डिकेट हटेर बैधानिक प्रक्रिया सुरु हुने बताउनुभयो ।

आजको बैठकबाट समितिले मन्त्रालयलाई तीन वटा निर्देशन दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन, यस्ता आयोजनाहरुमा देखिएका समस्या तथा चुनौतीहरुलाई स्थायी तवरले शिघ्रातिशीघ्र समाधान गर्न तथा कुनै पनि कारणबाट आयोजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुन नदिने व्यवस्था मिलाउन, कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य सम्पादन गर्न गराउन समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आपसी सुदृढ समन्वय र स्पष्ट कार्यक्षेत्रको अभावमा भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नति लगायतका कार्य प्रभावकारी एवं दिगो नहुने निश्चित छ । तसर्थ समितिको यो वैठक उल्लेखित विषयका लागि प्रभावकारी समन्वय गर्न तथा सोको लागि क्षमता अभिवृद्धि गर्न र कार्यक्षेत्रमा स्पष्टता कायम गर्न पनि निर्देशन दिएको छ।

यसैगरी देशको विकास पूर्वाधारको विद्यमान अवस्था चालु कार्यक्रमहरु एवम् उक्त कार्यक्रमहरुको प्रगति विवरण, आगामी पाँच वर्षमा भौतिक पूर्वाधार विकासको अपेक्षित लक्ष्य सहितको विस्तृत विवरण र गत आर्थिक वर्षमा यस मन्त्रालय अन्तर्गत भएका विकास निर्माण कार्यमा भएको खर्च एवं प्रगति, भएका रकमान्तरहरु र गैरबजेटरी खर्च सम्वन्धी विवरण, विद्यमान ऐन नियमलाई विकासमैत्री बनाउन गर्नुपर्ने अवधारणा, गर्नुपर्ने कार्य समेत समितिलाई अविलम्ब उपलब्ध गराइदिन मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिको बैठकले अन्तरसरकारी निकायहरुबीच आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्दै तत्कालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा समितिको कार्यसूचीहरु निर्धारण गर्दै समितिलाई प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ