कलंकीको अण्डरपासमा भोली (शुक्रबार)देखि गाडी चल्ने, यस्तो बन्यो ‘अण्डरपास’

कलंकीको अण्डरपासमा भोली (शुक्रबार)देखि गाडी चल्ने, यस्तो बन्यो ‘अण्डरपास’

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

काठमाडौं ३१ साउन ।

कलंकीमा निर्माण भएको पहिलो ‘अण्डरपास’ भोलिदेखि खुला हुने भएको छ ।

दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । यो अण्डरपास संचालनमा आएपछि कलंकीको जाम कम हुने भएको छ । काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले भोलिदेखि अण्डरपास वे संचालनमा ल्याउने बताउनु भएको छ ।

८ सय मिटरको यो बाटो कलंकी चोकबाट खसीबजारतर्फ चार सय र कलंकी चोकबाट सीतापाइलातर्फ चार सय मिटर अण्डरपास छ।अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ ।

अहिले बनिरहेको ’अण्डरपास’ चक्रपथ गुड्ने सवारीसाधनले प्रयोग गर्नेछ । अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ

बल्खुबाट सीतापाइलातिर जानका लागि दुईवटा लेन प्रयोग हुन्छ भने सितापाइलाबाट बल्खुतिर जानका लागि दुईवटा लेन प्रयोग हुनेछ ।

योसँगै कोटेश्वर(कलंकी १०.४ किलोमिटर खण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको चक्रपथ सुधार योजनाले जनाएको छ।आगामी दुई महिनाभित्रमा यो खण्डको सबै काम सकिने चक्रपथ सुधार योजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ