जलवायु परिवर्तनको असरको नेपालले क्षतिपूर्ति दाबी गर्नेे

जलवायु परिवर्तनको असरको नेपालले क्षतिपूर्ति दाबी गर्नेे

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं ३१ साउन ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले क्षतिपूर्ति दाबी गर्ने बताउनु भएको छ ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेको भन्दै त्यसबारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने बताउनु भएको हो ।

जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरो तथा भूक्षय र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको मन्त्री बस्नेतले उल्लेख गर्नुभएको छ ।

यस्तै वन्जयन्तुको बासस्थान लोप हुँदा मानव वन्यजन्तु द्वन्द्व बढेको उहाको भनाई थियो । जलवायु परिवर्तनका कारण संसारभर मानिस, जनावर तथा वन्यजन्तुको जीवनशैली तथा आनिबानीमा आमूल परिवर्तन आइरहेको तथ्यलाई ध्यान दिँदै असर न्यूनीकरणका लागि योजनावद्ध प्रयास गर्नपर्नेमा मन्त्री वस्नेतले जोड दिनुभएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले बृहत्तर वृक्षारोपण तथा वातावरण संरक्षणको दीर्घकालिन योजना निर्माण गरेर काम थालेको पनि सो अवसरमा बस्नेतले बताउनु भयो ।

साथै उतm भेटमा राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको चर्चा गर्नुभएको छ । उहाले वन्यजन्तु संरक्षणका क्षेत्रमा आफ्ना दुई छिमेकी भारत तथा चीनसँग सहकार्य गर्न नेपाललाई बेलायत सरकारले सुझाव दिएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ