पुरुष फुटबलमा नेपाल र भियतनाम भिड्दै

पुरुष फुटबलमा नेपाल र भियतनाम भिड्दै

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं श्रावण ३१ ।
एशियाली खेलकुद अन्र्तगत पुरुष फुटबलमा नेपालले आफ्नो दोश्रो खेलमा आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल, ईन्डोनेसियाको जाकार्ता विबावा मुक्ति स्टेडियममा नेपाली समयानुसार साँझ साढे ६ बजे पछि सुरु हुनेछ । उत्कृष्ट तेस्रा टिमले समेत अघिल्लो चरणमा प्रवेश पाउने भएकाले नेपाल आजको खेलमा सुखद नतिजाको खोजीमा रहनेछ ।

नेपालले अर्को खेलमा आइतवार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । भियतनामले पहिलो खेलमा पाकिस्तान विरुद्ध ३ शुन्यको जित हात पारेको थियो ।

समुह डी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग एक शुन्य गोल अन्तरले पराजित भएको थियो ।

एशियाली खेलकुदको १८ औँ सस्करणमा समावेश ४० खेल मध्ये २९ खेलमा नेपालले सहभागिता जनाउनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन शनिबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ