नेपाल प्रहरीका २७ जना एसएसपी एकैसाथ सरुवा, को कहाँ ?

नेपाल प्रहरीका २७ जना एसएसपी एकैसाथ सरुवा, को कहाँ ?

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं ३२ साउन ।

गृह मन्त्रालयले नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ठूलो संख्यामा एसएसपीको सरुवा गरेको हो । मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा बसन्त लामालाई पठाएको छ ।

त्यसैगरी रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्नकुमार कार्कीलाई पठाइएको छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रहेका विश्वराज पोखरेललाई नेपाली राजदूतावास नयाँ दिल्लीमा पठाइएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायमा बोधार्थ पठाएको छ ।

प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ