प्रवक्ता प्रकाण्डलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै

प्रवक्ता प्रकाण्डलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

३१ साउन, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्न आज सर्वोच्च अदालत मा उपस्थित गराइँदैछ ।

९ दिनदेखि महानगरीय प्रहरी काठमाडौंको परिसर टेकु हिरासतमा राखिएका प्रकाण्डसहित हरिचन्द आचार्य र मनबहादुर श्रेष्ठलाई गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राखिएको भन्दै रिहाईको माग गर्दै सरकारलाई विपक्षी बनाई नरेन्द्रबहादुर विकले अाइतबार रिट दर्ता गरेका थिए ।

रिटमाथि सुनवाईका लागि यही सोमबार कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासबाट ४८ घण्टाभित्र थुनामा राखिएका तीनै जनालाई अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश जारी भएको थियो ।

पार्टी कामको सिलसिलामा हेटौंडाबाट काठमाडौं आइरहेका बेला चोभारबाट साउन २२ गते साँझ साढे सातबजे सवार गाडीसहित सीआईबीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको करिब पन्ध्र घण्टापछि मात्र टेकुबाट २३ गते बिहान सार्वजनिक गरिएको थियो । त्यसदिन यता मात्र चाैथोपटक काठमाडाैं जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा राख्दै अाएको छ ।

गिरफ्तारपिछ पन्ध्र घण्टासम्म आँखामा कालो पट्टी र हत्कडी बाँधेर अज्ञात बनाइएको थियो । तीनै जनामाथि ‘चन्दा’ अभियोग लगाइएको छ ।

फाइल तस्बीर

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ