खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन समिति गठन

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन समिति गठन

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

मोरङ, ३० साउन। 

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मोरङ लेटाङ नगरपालिका–९ जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा हालिएको विषादीयुक्त पानी खाँदा त्यहाँ अध्ययनरत २८ विद्यार्थी बिरामी परेको घटनाको छानबिन गर्न आज सो समिति गठन गरिएको हो ।

समितिलाई घटनाका बारेमा छानबिन गरेर जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउने जिम्मेवारी दिइएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

समितिले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन शुरु गरिसकेको जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद घनश्याम खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग पनि गर्नुभएको थियो ।

विद्यालयको ट्याङ्कीमा हालिएको साइपर मेथिन समूहको साइप्रिन नामक विषादी मिसिएको पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी मङ्गलबार बिरामी परेका थिए । बिरामी परेका मध्ये खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये अन्य २४ जना मङ्गलबारे अस्पताल उर्लाबारीमा उपचार गराएपछि घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ