पहिरोको कारण पुरै गाउँ जोखिममा

पहिरोको कारण पुरै गाउँ जोखिममा

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

३० श्रावण, ताप्लेजुङ । 

फक्ताङ्लुङ गाउँपालिका ४ नम्बर वडा, खानी र साप्चुङवामा मंगलबार राती आएको पहिरो र बाढीका कारण पुरै गाउँ जोखिममा परेको छन् भने खानेपानी पनि पहिरोले बगाएको छ ।
खानी र साप्चुङवाको शिर, सिरेगुडाँडाको टुटेबाट खसेको पहिरोका कारण साबिक इखाबु गाविसको वडा नम्बर १ खानी र ३ सापचङ्वाका झण्डै ५० घर जोखिममा परेको स्थानीय जमानसिंह तामाङले जानकारी दिए । तामाङको बाख्रा ६ ओटा पहिरोले बगाएको छ । गोरु २ ओटा घाईते भएका छन् । खानी गाउँको जमानसिंह, देउराज, टेकबहादुरm लालमान लगायत आधा दर्जन घर अति जोमिमा रहेका छन् । अन्य घरमा पनि पहिरोका कारण बस्न सकिने अवस्था नरहेको स्थानीय तामाङले बताए ।
राती  खाना खाएर सुतिरहेको अवस्थामा पहिरो खसेको हो । पहिरो आएको जस्तै पुरै जमिनमा कंपन आएपछि स्थानीयले घरपालुवा जनवार फुकालेर सुरक्षित ठाउँमा गएकोले मानबीय क्षति भएन । अहिले पनि पहिरो नआउने सुरक्षित ठाउँमा बसेको पहिरो प्रभावित स्थानीय जमानसिंह तामाङले बताए । अहिले पहिरोका कारण आधा दर्जन घर अति जोखिममा छन् । पहिरोका कारण खानेपानी बगाएपछि अहिले खानी र साप्चुङ्वामा खानेपानीको अभाब छ ।
पहिरोले, खानेपानी, बाटो पुरै बगाएको छ,  गाउँमा पुग्न कठीन छ । पहिरो गएको १२ घण्टासम्ममा पनि उद्धार र क्षतिको बिबरण संकलन गर्न पहिरो गएको स्थानमा पुग्न सकेका छैनन् । यता, पहिरो गएको स्थानमा क्षतिको संकलन तथा उद्धारमा तापेथोक र सिंवाबाट प्रहरी परिचालन गरिसकिएको ताप्लेजुङका जिल्ला प्रहरी कार्यालय प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ