कोशी नदीको बहावले खतराको संकेत नाघ्यो

कोशी नदीको बहावले खतराको संकेत नाघ्यो

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं, साउन २९ ।
लगातारको वर्षाले कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो ।

निन्तरको वर्षाले साना खोलाबाट बाढी आउने क्रम नरोकिएकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोशी अन्र्तगत बग्ने सिम्लेमा पानीको सतह ९.७३ मिटर पुगको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । कोशीमा १० दशमलव ५ मिटरलाई सतर्कता तह मानिएको छ ।
प्रदेश १ र २ को चुरे क्षेत्रबाट बग्ने लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बढी, विरिङ, मेचीलगायत साना नदीमा पनि पानीको बहाव उच्च जोखिम रहेको विभागले जानकारी दिएको छ ।

मुलुकभर नै आज भारी वर्षा हुने भएकाले बाढीको सम्भावना बढी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा आज भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बाढीबारे उच्च सतर्कता अपनाउन एसएमएस र सामाजिक सञ्जालबाट अनुरोध गरेको छ । विभागले खोलाआसपासमा मनसुन भर एसएमएसबाट अग्रिम सूचना प्रवाह गर्दे आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ