न्युयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित

न्युयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

काठमाण्डौ ।

अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन् ।

न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा प्रदान गरिएको हो ।

इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी सदस्य हुन् । उनले न्युयोर्कको नवौं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छिन् । सन् २००७ देखि १३ सम्म न्युयोर्कको डिस्ट्रिक्ट ११ बाट प्रतिनिधिसभा सदस्य रहेकी उनी सन् २०१३ देखि हालसम्म डिस्ट्रिक्ट ९ बाट प्रतिनिधिसभा सदस्य छिन् ।

उनी गत निर्वाचनमा छैठौंपटक प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् । सिम्चा फेल्डर न्युयोर्कको स्टेट सिनेटमा डेमोक्रेटिक सांसद हुन् । उनले १७ औं डिस्ट्रिक्टको प्रतिनिधित्व गर्छन् ।

पत्रकार थापा र पन्थीलाई अमेरिकामा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पत्रकार थापा हाल युएसनेपाल अनलाइनका प्रधानसम्पादक रहेका छन् भने पन्थी खसोखास म्यागाजिनका प्रधानसम्पादक हुन् ।

उनीहरुलाई यस अगाडि न्युयोर्क सिटी र जर्सीसिटीको सिटी काउन्सिलबाट समेत सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ