उत्सव मनाउनका लागी राष्ट्रिय नृत्य दिवस मनाइने

उत्सव मनाउनका लागी राष्ट्रिय नृत्य दिवस मनाइने

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

श्रावण २८ ,काठमाडौँ /
संस्कृति, पर्यटन तथा नागरीक उड््डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने बताउनुभयो ।
शनिबार आयोजित नृत्य निर्देशक संघ नेपालको दोश्रो वार्षिकोत्सव साथै दोश्रो राष्ट्रिय दिवस कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले आगामी वर्षबाट श्रावण २६ को दिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा राज्यले घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संस्कृतिको माध्यमबाट पनि देशलाई समृद्धितर्फ डो¥याउन सकिने भन्नुभयो । ‘ अर्थमा धनी देश त्यत्तिकै कला र संस्कृतिमा धनी बन्छु भनेर पाउँदैन । तर हामी नेपाली कला र संस्कृतिमा निकै समृद्ध छौं । यसै कला र संस्कृतिको माध्यमबाट नेपाललाई आर्थिक रुपमा पनि समृद्ध बनाउन सकिन्छ’ मन्त्री अधिकारीको भनाई थियो ।
आयोजकको तर्फबाट बोल्दै नृत्य निर्देशक संघ नेपालका का.वा. अध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकारलाई देशको गहना भन्दै मनोरन्जनको साधनको रुपमा मात्र प्रयोग गर्न बन्द गर्नुपर्ने विचार राख्नुभयो । कलाकारलाई गहनाको नाम दिएर आवश्यक परे प्रयोग गर्ने आवश्यक नभए बेवास्ता गर्ने खालको व्यवहार बन्द गरिनुपर्ने का.वा. अध्यक्ष राजोपाध्यायले बताउनुभयो । कला र कलाकारिता क्षेत्रलाई राज्यको पाँचौ अंगको रुपमा परिभाषित गरिनुपर्ने माग पनि राजोपाध्यायले राख्नुभयो ।
नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष साथै दोश्रो राष्ट्रिय नृत्य महोत्सव कार्यक्रमका संयोजक प्रदिप श्रेष्ठले संघले विगतमा गर्दै आएको कार्यक्रमबारे जानकारी दिनुका साथै भावी योजनाहरु पनि सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा भारतको प्रख्यात रियालिटि शो डान्स प्लस २ मा सहभागी भई प्रशंसा कमाएको धष्मि चष्उउभचश अचभध लाई पनि सम्मान गरिएको थियो । सम्मानित समूह वाइल्ड रिपर्ज क्रुले आगामी दिनमा डान्स ओलम्पिकमा भाग लिएर नेपालका लागी स्वर्ण पदक जित्ने उद््घोष पनि सोही मञ्चबाट गर्यो । कार्यक्रमको अन्त्यमा क्रुले आफ्नो नृत्य पनि प्रस्तुत गरेको थियो ।
सोही कार्यक्रममा नृत्य निर्देशक संघका बिभिन्न शाखाहरुको साथै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट पनि आकर्षक र रमाईला नृत्यहरु प्रस्तुत गरिएको थियो । बनेपाको ऐतिहासिक राजारानी नाच पहिलो पटक काठमाडौंमा यसै मञ्चमा प्रस्तुत गरिएको थियो । काभ्रेको चामुण्डा खैजेडी भजन समूहबाट प्रस्तुत गरिएको फरक ढंगको भजनसँगैको नृत्यले दर्शकलाई मोहित पारेको थियो । त्यसैगरी नृत्य निर्देशक संघ ललितपुर शाखाले प्रस्तुत गरेको लाइभ धिमेसँगैको धिमे नाचमा पनि सबैजना उत्तिकै रमाए । त्यसैगरी झाँक्री नाचमा त दर्शकको साथै मन्त्री अधिकारी समेत दङ्ग परेका थिए ।
सांस्कृतिक कार्यक्रममा भन्दा अगाडि दोश्रो राष्ट्रिय नृत्य महोत्सवको अवसरमा ¥याली निकालिएको थियो । नृत्य निर्देशक संघ नेपालका विभिन्न शाखाको साथै नृत्य सम्वद्ध विभिन्न संस्थाहरु र नृत्यप्रेमीहरुको सहभागीता थियो । विभिन्न बाजागाजा र झाँकीको साथमा निकालिएको ¥याली भृकुटिमण्डपबाट शुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै फेरी भृकुटिमण्डपमै पुगेर सम्पन्न भएको थियो । सो ¥यालीको उद््घाटन भने साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा रिबन काटेर गर्नुभएको थियो ।
नृत्य निर्देशक संघ नेपालले संस्था दर्ता भएको दिन श्रावण २६ मा राष्ट्रिय नृत्य महोत्सव गर्दै आएको छ । र देशैभरिका नृत्य निर्देशकहरु संगठित भई संस्था दर्ता गरेको दिन भन्दै श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गरिनुपर्ने माग गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी