प्रकाण्डको बयान भोलि मात्र

प्रकाण्डको बयान भोलि मात्र

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

२८ साउन, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सरकारी वकिल कार्यालयले आज लिने भनिएको बयान भोलि मात्र हुने भएको छ ।

समयाभावको कारण देखाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज साँझ अबेर स्थगित गरेर भोलिको लागि सारेको कार्यालयले जनाएकाे छ ।

दिउँसो करिब १ बजे वकिलको कार्यालयमा प्रकाण्ड, उनका स्टाफ हरिचन्द्र आचार्य, कार्यकर्ताद्वय मानबहादुर श्रेष्ठ र प्रमेश दर्नाललाई भने सरकारी वकिलले बबरमहल कार्यालयमा बयान लिएका छन् । उनीहरुलाई करिब ५ घण्टा अर्थात बेलुका ६ बजेसम्म बयान लिइएको थियो ।

प्रवक्ता प्रकाण्डसहित आचार्य र श्रेष्ठलाई साउन २२ गते साँझ र दर्नाललाई यही शनिबार काठमाडौंबाट गिरफ्तार गरिएको थियो । उनीहरुमाथि ‘जबर्जस्त चन्दा लिएको’ अभियोग लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ