धौलीगङ्गाको बाँध खोलिँदै, महाकाली नदीमा बाढीको खतराः तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलीगङ्गाको बाँध खोलिँदै, महाकाली नदीमा बाढीको खतराः तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

साउन २८, बैतडी ।
धौलीगङ्गा जलविद्युत् परियोजनाको भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको बाँध खोलिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेर बाँध सरसफाइका लागि भन्दै आज बिहान खुला गरिन लागेकोले सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नदीतटीय क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न एवं सतर्कता अपनाउन भनिएको छ ।

पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । केहीदिन पहिले दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाँधको पानी छाड्ने समयबारे सूचना आदानप्रदान गर्ने सहमति भएको थियो । यस वर्षमात्रै धौलीगङ्गाको बाँध चारपटक खोलिएको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको क्षमता २८० मेगावाट रहेको छ । यसअघि सो परियोजनाको छिरकिल्ला बाँधमा पानीको मात्रा बढेपछि गत साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ