गिरफ्तार नेताहरूलाई रिहाई नगरे देशमा आँधी हुरी आउँछ: प्रयास

गिरफ्तार नेताहरूलाई रिहाई नगरे देशमा आँधी हुरी आउँछ: प्रयास

  • सोमवार, साउन २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

दिपेश बिष्ट/लुंग्री, २८ साउन ।

नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी प्रयासले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त चाँडै रिहाइ नगरे देशमा आँधी हुरी आउने चेतावनी दिनुभएको छ । भण्डाफोर तथा ध्रुवीकरण एवं योङ रेड फोर्स लुंग्रीको सम्मेलनको उद्घाटन गर्दै सेक्रेटरी प्रयासले यस्तो चेतावनी दिनुभएको हो । पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई सामाजिक दलाल सरकारले गैरन्यायिक एवं गुण्डाशैलीमा गिरफ्तार गरेको आरोप लगाउँदै विनाशर्त चाँडै रिहाईको माग गर्नुभएको छ । आफुहरुले देशमा युद्ध नचाहेको प्रष्ट पार्दै सरकारले नै पार्टीका नेता कार्यकर्ताहरुलाई विना कारण गिरफ्तार गरी झुठो मुद्दा लगाएर अघोषित युद्ध शुरु गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
“हामीहरू कसैलाई मार्ने र मर्ने खेलमा छैनौं तर कसैले देशको स्वाभिमानमा आँच आउने काम गर्छभने, कसैले देशको ढुकुटीमाथि ब्रम्हलूट गरेर भ्रष्ट गर्छ भने त्यसलाई जनताको माझमा जनताकै आदेशानुसार कारवाही गर्छौं” उहाँले थप्नुभयो -“हामीले कुनै पार्टीका दलाल, भ्रष्ट नेताहरुलाई जनकारबाही गर्दा गाउँघरमा त्यसका फ्याउराहरुले डाको छोडेर विरोध गर्छन् भने त्यसलाई पनि छोडिन्न तर नेता त हाम्रै हो बदमासी गर्थ्यो कारबाही भयो ठीकै भयो भन्छ भने फरक पार्टीमा भए पनि कुनै प्रवाह छैन र त्यसलाई हाम्रो मित्र नै मान्छौं ।” “देशमा इमान्दार, क्षमतावान एवं राजनीतिक व्यक्ति भन्दा पनि अधिकांश कर छल्ने, भ्रष्ट, दलाल तथा ठेकेदारहरुले चुनावी टिकट प्राप्त गरी जितेका छ्न् -” नेता प्रयासले थप्नुभयो-“अहिले तिनै जितेकाहरुले चुनावी खर्च निकाल्न जनताहरुलाई महंगो करको भारी जबर्जस्त बोकाइएको छ, यो जन सेवा होइन ।” उहाँले अगाडि थप्नुभयो -“जनताले भोट हालेर जिताएको स्वयंसेवक भएर सेवा गर्लान् भनेर हो । यसरी चर्को कर संकलन गरेर तलब भत्ता खालान् भनेर होइन ।”
नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको पैसाले कर तिर्न पनि नगुग्ने दाबी गर्दै नेता प्रयासले यस्ता प्रकारको कर तिर्न जनतालाई कुनै कर नभएको अभिव्यक्तिसमेत सार्वजनिक गर्नुभयो ।
सोही कार्यक्रमलाई संबोधन गर्दै नेकपा रोल्पाका सचिवालय सदस्य हेमन्तले आफुहरु वास्तविक शान्ति र समृद्धिभन्दा टाढा नगएको बताउँदै शान्ति र समृद्धिको लागि बलिदान दिन पनि पछि नहट्ने उद्घोष गर्नुभयो । यसैगरी योङ रेड फोर्स रोल्पाका अध्यक्ष पृथ्वीले सरकारले नेपाली युवाहरूलाई देशमै रोजगारको प्रशस्त संभावना हुँदाहुँदै पनि विदेशतिर लगेर बेचेको आरोप लगाउँदै त्यसको विरुद्धमा सम्पूर्ण युवाहरू एक जुट भएर लड्न अपिल गर्नुभयो ।
नेकपा एमाले, माले, माके, जनमोर्चा तथा नेपाली काँग्रेसका गरी झण्डै तीन दर्जन स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए भने जनसमुदायको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रमले लिलाबहादुर जिसीको अध्यक्षतामा ४ जना पछि थप्ने गरि २५ सदस्यीय योङ रेड फोर्स, लुंग्रीको समेत निर्माण गरिएको छ ।
दीनेशको संचान तथा टाइगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जलजला जनसाँस्कृतिक परिवारको बेजोड साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ