काठमाडौं, २८ साउन । इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले शानदार सुरुवात गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा आर्सनललाई २–० ले हराउँदै सिटीले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।
गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङ र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।
जितसँगै म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले नयाँ सिजनमा सफल सुरुवात गर्दा पराजित टोली आर्सनलका नयाँ प्रशिक्षक युनाई एम्रेलाई भने पहिलो खेलमै झट्का लागेको छ ।
प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा लिभरपुलले वेष्टह्याम यूनाइटेडलाई ४–० को फराकिलो अन्तरमा हराएको छ ।
विजयी टिमका लागि सादियो मानेले २ गोल गर्दा मोहम्मद सलाह र डानियल स्टरीजले १–१ गोल गरे ।
अर्को खेलमा साउथह्यानम्पटनले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline