मुलुकमा बढदै गएको महिला हिंसा कम गर्न सरकारले तत्काल पहल थाल्नु पर्छ : विद्यार्थी परिषद

मुलुकमा बढदै गएको महिला हिंसा कम गर्न सरकारले तत्काल पहल थाल्नु पर्छ : विद्यार्थी परिषद

सरकारले यस्तो सकारात्मक पहल चाले सवै युवा तथा विद्यार्थी परिषद सदैव साथ दिन तयार

  • आइतवार, साउन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

डडेलधुरा, साउन २७ ।

१९ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको डडेलधुरका इकाइले आज शान्तिपूर्ण र्याली निकालेको छ ।

विद्यार्थी परिषद्ले र्याली मार्फत वर्तमान परिवेशमा मुलुकमा बढदै गइरहेको महिला मािथ हुने गरेको हिंसाको अन्त्यको माग गरेको छ ।

डडेलधुराको तुफान डाडा बाट सुरु भएको र्याली बागबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले नारीको सम्मान र सुरक्षा देशको रक्षा भन्ने नारालाई जोड दिएका थिए ।

साथै विद्यार्थी परिषदले हालै कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार गरि हत्या गरेको भन्दै त्यसको विरोध तथा पिडितलाई न्याय र दोषीलाई यथाशीघ्र कारबाहीका माग राख्दै विरोध र्याली निकालेको हो ।

यस्तो प्रकारको घृणित कार्यले मुलुकभरकै नारी सुरक्षामाथि प्रश्न चिन्ह खडा भएको विद्यार्थी परिषदले औल्याएको छ ।
बलात्कारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकाय समक्ष विद्यार्थी परिषदले माग गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी परिषदका युवा नेता बलदेब जोशी, प्रदिप भट्ट, संगिता कैनी , सानू चतौत , चन्द्रशेखर जोशी र करण साउद लगायतले महिलामाथि हुने गरेको बलात्कार लगायत अन्य हिंसा कम गर्न सरकारले तत्काल पहल कदमी पाइला चाल्नु पर्नेमा जोड दिएका छन् ।

साथै उनीहरुले सरकारले यस्तो सकारात्मक पहल चाले सवै युवा तथा विद्यार्थी परिषद सदैव साथ दिन तयार रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ