काठमाडौं, साउन २७ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन खेल हुँदै छ । आजराति हुने पहिलो खेलमा म्यान्चेष्टर सिटी र आर्सनल आमने सामने हुनेछन् ।
आजै राति हुने अन्य खेलमा लिभरपुल र वेष्टह्याम तथा साउथ ह्याम्प्टन र बर्नलीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै गएराति भएके खेलमा चेल्सी, टोटनह्याम, बर्नमाउथ, क्रिष्टल प्यालेस र वार्टफोर्डले विजयी शुरुवात गरेका छन् ।
खेलमा चेल्सीले हडर्स्फिल्डलाई ३ –० ले पराजित गरेको हो । चेल्सीलाई जिताउन जर्जिन्हो, पेद्रो र काण्टेले गोल गरे ।
अर्को खेलमा टोटनह्यामले न्यू क्यासललाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई, क्रिष्टल प्यालेसले फुलह्यामलाई तथा वार्डफोर्डले ब्राइटलनलाई समान २ –० ले हराउँदै खातामा तीन तीन अंक जो्ड्न सफल भएका छन् ।
टोटनह्यामले न्युकासललाई उसकै मैदानमा २–१ गोलले हराउँदा खेलको आठौं मिनेटमा जान भर्टोनघेनले सुरुआती गोल गरेका थिए । टोटनह्यामले गोल गरेको तीन मिनेट नवित्दै न्युकासलले गोल फर्कायो । उसका लागि जोसेलुले गोल गरेका थिए ।
१८औं मिनेटमा बामीडेले अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । बाँकी समयमा गोल हुन सकेन र टोटनह्यामले पहिलो खेलमा ३ अंक जोड्न सफल भयो ।