पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • आइतवार, साउन २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, साउन २७ ।
आज पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विषेशगरि दार्चुला, बैतडी, डोटी लगायतका स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

मनसुनी न्युनचापिय रेखा माथितिर सर्दै गएकाले पानी पर्ने सम्भावना भएको हो । अन्य स्थानमा भने मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

यसैबीच बाढी पूर्वानुमान शाखाले लगातारको वर्षाले ठूला नदी, मझौला नदी तथा चुरेबाट बहने खोलामा बाढीको सम्भावना रहेको भन्दै नदी किनारमा बस्नेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शाखाले अबको दुइ तीन दिनसम्म देशैभर बद्लीसहित हल्का, मध्य वा भारी वर्षाको सम्भावना भएकाले ठूला नदी, महाकाली, कर्णाली र कोशीमा आजदेखि वहाब बढ्दो क्रममा रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बहाव बढे पनि खतरा तह पार गर्ने सम्भावना भने न्यून रहेकाले तटीय क्षेत्रका समुदाय सतर्कतापूर्वक आफ्नै घर तथा समुदायमै रहन भनिएको छ ।

देशका मझौला नदी कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, मोहनालगायतमा पनि आज अपराह्नदेखि नै बहाव बद्दो क्रममा रहेकाले आज राति वा भोलिसम्म सतर्कता तहसमेत पुग्न सक्ने खतरा देखिएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ