काठमाडौं, साउन २७ ।
आज १९ औंँ अन्तर्रा्ष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । दिवसको यस वर्षको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने तय गरिएको छ ।
रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्य स्वरुप उक्त नारा तय गरिएको हो ।
संयुक्त राष्ट्रसंघले सन् २००० देखि यो दिवस मनाउने थालेको हो भने नेपालमा सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो ।
सन् १९९९मा राष्ट्रसंघले युवाका समस्यालार्य संबोृधन गर्ने उद्देश्य राख्दै हरेक वर्षको अगष्ट १२ तारिखका दिन यो दिवस मनाउने निर्णय गरेको हो । दिवसका अवसरमा राष्ट्रिय युवा परिषदले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
आज विभिन्न सरोकारवाला निकायले विविध स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम एवं पुरस्कार सम्मानका कार्यक्रमको राखेका छन् । सरकारले आज युवा प्रतिभा पुरस्कार पनि प्रदान गर्नेछ ।
सन् २०१० मा विश्व युवा सुंचाकमा नेपाल १ सय ४५ आंै स्थानमा रहेकोमा सन् २०१६ मा ७७ औं स्थानमा परेको छ । विश्वमा जुझारु युवा शक्ति नै समाजका बलिया खम्बा रहेको मानिन्छ ।
युवाको सांस्कृतिक तथा कानुनी समस्याप्रति ध्यान आकर्षित गरि त्यस्ता समस्या समाधान गर्न यस दिवसको प्रमुख उद्देश्य हो ।