नेकपा नेता कार्यकर्तामाथिको गिरफ्तारी नरोकिए सरकारले ठुलो मूल्य चुकाउनुपर्नेछ: अध्यक्ष सिंह

नेकपा नेता कार्यकर्तामाथिको गिरफ्तारी नरोकिए सरकारले ठुलो मूल्य चुकाउनुपर्नेछ: अध्यक्ष सिंह

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ, २६ साउन ।
नेकपा निकट अखिल नेपाल किसान संघ( क्रान्तिकारी)ले पनि पार्टीका प्रवत्ता प्रकाण्ड सहितका नेताहरुको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

संघकि अध्यक्ष सविता सिंहले बिज्ञप्ती जारी गरि फरक राजनितिक विचार भएकै आधारमा प्रकाण्ड सहित नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरि झुठा मुद्धा लगाएर फसाउने कार्य भएको भन्दै बिरोध जनाउनु भएको हो । वर्तमान सरकारले राज्य आतंक मच्चाईरहेको भन्दै उहाँले यस्तो कार्य बन्द गर्न माग गर्नुभयो ।

उहाँले गिरफ्तार सबै जनालाई बिना सर्त रिहा गर्न पनि माग गर्नुभएको छ । राज्यले जनताका नैसर्गिक अधिकारको हनन गर्दै दमनलाई जारी राखे त्यसबाट उत्पन्न परिणाम स्वयम वर्तमान सरकारले भोग्न बाध्य हुने पनि अध्यक्ष सिंहको चेतावनी छ ।

केपि ओली नेतृत्वको सरकारले नेकपामाथिको धरपकड र दमनलाई बन्द नगरे नेकपाले पनि बन्दुकको जवाफ बन्दुकबाटै दिन बाध्य हुने समेत उहाँले चेतावनी दिनुभयो ।

साथै पार्टीले घोषणा गरेका नेपाल बन्द सहितका संघर्षको कार्यक्रममा सहभागी भई सफल बनाउन पनि अपिल गर्नुभएको छ । प्रवक्ता प्रकाण्डलाई पार्टीको नियमित काममा रहेका बेला यही साउन २२ गते गाडीबाट आउने क्रममा काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी झण्डै पन्ध्र घण्टा बेपत्तापछि अहिले हिरासतमा राख्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ