केरुङसम्म पुग्ने राम्चे–धुन्चे खण्डको यातायात सेवा जोखिमपूर्ण, कालोपत्रे उक्किएर खाल्डाखुल्डी

केरुङसम्म पुग्ने राम्चे–धुन्चे खण्डको यातायात सेवा जोखिमपूर्ण, कालोपत्रे उक्किएर खाल्डाखुल्डी

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

रसुवा, २६ साउन ।

अबिरल बर्षापछि सडकको कालोपत्रे उक्किएर खाल्टाखुल्टी परेपछि पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको राम्चे–धुन्चे खण्डको यातायात सेवा जोखिमपूर्ण बनेको छ ।

सदरमुकाम धुन्चे जोडिने सडकको १६ किलोमिटर सडकमध्ये ठाडे–धुन्चे खण्डमा ८० प्रतिशत कालोपत्रे उक्किएर खाल्डाखुल्डी परेपछि यातायात सेवा नै जोखिमपूर्ण बनेको हो ।

योसँगै सवरी चालक तथा यात्रुलाई सास्ती भएको हो । चीनको केरुङतर्पm जाने कन्टेनर तथा विभिन्न जलविद्युत् आयोजनाका सामग्री ल्याउने सवारी साधन यही बाटो भएर गुड्ने भएकाले राजमार्गमा सवारी चाप बढ्दै गएको छ । तर सडकको अवस्था खस्किँदै गएकाले समस्या भएको हो ।

विश्व वैंकको आर्थिक सहयोगमा सात वर्षअघि कालिका कन्स्ट्रक्सनले सडक कालोपत्रे गरेको थियो ।

सडकको क्षमताभन्दा बढी भार बोकेर चल्ने सवारी साधनका कारण पनि सडकको अवस्था नाजुक बनेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ