रोल्पा, २५ साउन ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुई जना कार्यकर्तालाई प्रहरीले रोल्पाको घर्तीगाउँबाट गिरफ्तार गरेको छ ।
पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको गिरफ्तारीको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्कालाई गिरफ्तार गरेको हो ।
उनीहरुसँगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध कार्यक्रम हेर्न पुगको क्षेत्रीय सभापति घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेकपा रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको जानकारी दिदै तत्काल रिहाईके माग गर्नुभएको छ ।
शान्तिपुर्ण कार्यक्रम गर्न लाग्दा बिना कारण उनीहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गर्नुभएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline