अखिल (क्रान्तिकारी) नवलपरासीको अध्यक्षमा भण्डारी

अखिल (क्रान्तिकारी) नवलपरासीको अध्यक्षमा भण्डारी

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

प्रदीप पाठक/नवलपरासी।

अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीको १६ औं जिल्ला सम्मेलन भव्यताका साथ बर्दघाटमा सम्पन्न गरेकाे छ।

सम्मेलनबाट सारदा भण्डारी अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला समितिको गठन गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईकाे प्रमुख अातिथ्यता,नेकपा लुम्बिनी व्युरो सदस्य एवम् रुपन्देही इन्चार्ज शरद वली र नेकपा नवलपरासी ईन्चार्ज सुमनकाे बिशिस्ट अातिथ्यतामा सम्मेलन सम्पन्न भएको हो !

सम्मेलनमा अन्य अतिथिहरु नेकपा नवलपरासी सेक्रेटेरी डा.शिवशंकर बस्याल, अखिल क्रान्तिकारी लुम्बिनी व्युरो संयोजक सुनिल बन्जाडे र लुम्बिनी व्युरो सदस्य रुपा रमेश,मुक्ति ,विकल्प र क.सुमनले बधाई मन्तव्य राख्नुभएको थियाे।साे कार्यक्रममा सामना परिवारकाे सांस्कृतिक प्रस्तुति समेत रहेकाे थियो ।

प्रमुख अतिथि रुद्र भट्टराईले शिक्षामा विदेशी हस्तक्षेप बढ्दै गएकोे र शिक्षा दलालीकरण भ्रष्टाचारकोे व्यापारको उदगम स्थलका रुपमा चिनिएकोले त्यसलाई जोगाउनका लागि सम्पूर्ण विद्यार्थीहरु एक हुँदै अगाडि बढ्नु पर्ने बताए विशिस्ट अतिथि वलिले निजीकरण ,व्यापारीकरणको विरुद्ध सर्घर्ष गर्दै बैज्ञानिक र समाजवादी व्यवहारिक शिक्षाको आवश्यकता पर्ने भएकोले सम्पूर्ण परिवर्तनकारी र युगान्तकारी विद्यार्थीहरु एक हुनुपर्ने बताएका थिए ।

अन्य वक्ताहरुले विधार्थिहरु नि:शुल्क शिक्षा बैज्ञानिक र व्यवारिक शिक्षाको लागि व्क हुँदै अगाडि बड्न प्रेरित गरेका छ्न सम्मेलनमा नवलपरासी भित्रमा झण्डै ४ सय विधार्थिको सहभागी रहेको थियो !सारदा भण्डारीको अध्यक्षता प्रतीक्षा उपाध्यायको स्वागत र पारस राहादी मगरको सन्चालनमा सम्मेलन सम्पन्न भएको छ !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी