जिल्लाव्यापी गोलकप प्रतियोगिताको उपाधि  आदर्श जनप्रेमी मावि कौशलटारले हात पार्यो

जिल्लाव्यापी गोलकप प्रतियोगिताको उपाधि  आदर्श जनप्रेमी मावि कौशलटारले हात पार्यो

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, २५ साउन ।  भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फूटसल गोलकपको उपाधि आदर्श जनप्रेमी मावि कौशलटारले हात पारेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा मोर्डन स्कूललाई टाइबेकरमा ३–१ गोल अन्तरले हराउँदै जनप्रेमीले उपाधि हात पारेको हो ।
प्रतियोगितामा प्रेशियस स्कूल बालकोटले क्याण्डिड इन्टरनेशनल स्कूललाई १–० को गोल अन्तरले हराउँदै प्रतियोगितामा क्रमशः तेस्रो र चौथो भएका छन् । भक्तपुरको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाको सहयोगमा युवाका साथ आवाज नामक संस्थाले गत मंगलबारदेखि आयोजना गरी आज सम्पन्न प्रतियोगितामा जिल्लाका ३२ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई प्रदेश नं ३ का प्रदेश सदस्य शशिजंग थापाले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजारसहित पदक तथा शिल्ड प्रदान गर्नुभयो । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो ।
कार्यक्रममा प्रदेश सदस्य थापाले खेलकूदको विकासले मात्र अन्तर्राष्ट्रियरुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकूदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय तहदेखि नै राष्ट्रिय प्रतिभाशाली खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै क्रिकेटमा जस्तै फूटबलमा पनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी