गिरफ्तार शिक्षक निरौलालाई रिहा गर्न माग, महासचिब रूपाखेतिले दिए कडा चेतावनी

गिरफ्तार शिक्षक निरौलालाई रिहा गर्न माग, महासचिब रूपाखेतिले दिए कडा चेतावनी

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सुनसरी, २५ साउन ।

अखिल नेपाल शिक्षक संगठनले सुनसरीबाट गिरफ्तारमा परेका शिक्षक जनक निरौलालाई तत्काल रिहा गर्न माग गरेको छ ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा सनसरी जिल्ला अध्यक्ष निरौलालाई शम्भु नाथम मा.बि सुनसरीमा अध्यापन गराउन जाने क्रममा गत १८ गते प्रहरीले सडकबाटै गिरफ्तार गरेको थियो ।

निरौलालाई साधापोसाकका प्रहरिले गिरफ्तार गरि आखामा पट्टी बादेर मोटरसाईकलमा राखि अज्ञात स्थानतर्फ लगेर बेपत्ता बनाएको भन्दै शिक्षक संगठनका महासचिब रमेश रूपाखेतिले उहाँको अवस्था सार्वजनिक गर्न माग गर्नुभएको छ ।

उहाँले शिक्षक निरौलाको खोजी गरिदिन मानबअधिकारकर्मि,रेडक्रस,सरोकारबाला सबैलाई आग्रह गर्नुभएको हो ।

साथै उहाँले गिरफ्तार शिक्षकको बिनासर्त रिहाइ गरि कक्षाकोठामा निर्बाद अध्यापन कार्यमा लाग्ने बाताबरण तय गर्न पनि आग्रह गर्नुभएको छ । अन्यथा यसबाट उत्पन्न समस्याको जिम्मेवारी वर्तमान फासिस्ट सरकार नै हुनुपर्ने समेत उहाँको चेतावनी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी