भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद

भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२५ साउन, कैलाली ।
सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढीको टोलीले भन्सार छली गरेर भित्र्याएको हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका १० घुइयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडि राखेको अवस्थामा आज विहान करिब तीन लाख १८ हजार रुपैयाँ बराबरका ड्रिल मेशिन र अन्य बिद्युतिय सामग्री तथा लत्ताकपडा बरामत गरिएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक ९डीएसपी० विष्णु प्रसाद भट्टले जानकारी दिए ।

उहाँले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताउनु भयो ।

जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानीयहरुलाई उहाँले आग्रह गर्नुभयो । उहाँले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी समेत दिनुभएको छ ।

यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ