दुईतिहाई बहुमतको दम्भ देखाउनेलार्इ जनताले गाउँगाउँबाट लखेट्ने छन्ः अधिवक्ता नेउपाने(भिडियोसहित)

दुईतिहाई बहुमतको दम्भ देखाउनेलार्इ जनताले गाउँगाउँबाट लखेट्ने छन्ः अधिवक्ता नेउपाने(भिडियोसहित)

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२५ साउन,काठमाडौँ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दुई तिहाई बहुमतको सरकारले पनि जनताको चाहनाअनुसार काम गर्न नसके व्यस्थामाथि नै प्रश्न खडा हुने बताएका छन् । संसदीय व्यस्था बुढा भैसी भइसकेको टिप्पडि गर्दै उनले बहुदीय व्यवस्था स्थापना भएको २०४६ सालदेखि हासम्मको विश्लेषण गर्दै पचायती व्यवस्थाभन्दा बढी उल्लेखनीय काम नगरेको बताए ।

एक टेलिभिजनमा अन्तरवार्ता दिँँदै नेउपानले बहुदलीय व्यस्था आएपछि ठूलो प्रोजेक्ट बन्नुको साटो पञ्चातमा बनेका ४० उद्योग बेचेर खाएको बताए ।
अन्तरवार्ताको क्रममा नेउपानेले भने, “२०४६ सालमा पहिलो पटक बहुदलीय व्यवस्था आउँदा पहिलो गृहमन्त्री शेरबहादुर देउवा थिए ।

अहिलेका प्रधानमन्त्री मन्त्री ओलीजी पनि मन्त्री हुनुहुन्थ्यो । यिनी हुन नेताहरु…। बहुदलीय व्यवस्था आएको ३० वर्ष भयो । पञ्चायत कति गर्यो ? र बहुदलीय व्यवस्थाले कति गर्यो ? विकासका संरचना कति छन् ? राजमार्ग कति बने ? बिजुलीका पोल त बने होलान् अरु केही भएन । अब नेपाली जनताले यो बुढो भैँसीलाई के गर्ने ? ०४६ सालदेखिको बुढो भैँसीलाई घाँस दिने होइन बिदा गर्नुपर्छ ।” उनले ०४६ सालदेखि अहिलेसम्म प्रधानमन्त्री र मन्त्री हुने नेता उही भएको र अनुहार मात्र फरक फरक हुने बताए ।

वरिष्ठ अधिवक्ता नेउपानेले कम्युनिष्ट अहिलेसम्म कम्युनिस्ट नेताहरुले कुरा ठूला गर्ने तर काम नगर्ने भएको बताउँदै दुईतिहाई बहुमतको सरकारले जनताको चाहना पूरा गर्न नसके जनताले गाउँगाउँबाट लखेट्ने बताए ।

भिडियो सुन्नुहोस्

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ