काठमाडौं, साउन २५ । नयाँ सिजनको इंग्लिश प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ ।
म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आज राति हुने उद्घाटन खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी भिड्ने छन् ।
यही खेलबाट प्रिमियरसिपको नयाँ सिजनको औपचारिक थालनी हुँदै छ ।
यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वान्डरर्स रहेका छन् ।
गत सिजनको दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली इंग्लिश फुटबलको शीर्ष डिभिजनमा उक्लिएका हुन् ।
यो सिजनको प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले आइतबार आर्सनलसँग खेल्नेछ । यसैगरी चेल्सीले हडर्स्फिल्ड टाउनको सामना गर्दा लिभरपुल र वेष्ट ह्याम युनाईटेड आपसमा भिड्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline