क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

क्यारेबियन प्रिमियर लिग(सीपीएल)मा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

  • शुक्रबार, साउन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, साउन २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको पहिलो खेलमा नै नेपाली युवा खेलाडी सन्दीप लामिछानेले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका उनले आज बिहान भएको प्रतिस्पर्धामा गुयना एमेजोन वारियर्स्विरुद्ध उत्कृष्ट बलिङ गरेका हुन् । उनले चार ओभर बलिङ गर्दै १२ रनमात्र खर्चिएर दुई विकेट लिए ।

उनी आफ्नो टिमका लागि सबैभन्दा किफायती र सफल बलरका रुपमा नाम लेखाउन सफल भए । तर पनि अन्य बलरको फिक्का प्रदर्शनका कारण उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स भने पराजित भएको छ ।

गुयनाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । उसका लागि विस्फोटक ब्याट्सम्यान तथा कप्तानसमेत रहेका क्रिस गेलले ८६ रन बनाएका थिए । गेलले ६५ बलको सामना गर्दै उक्त रन बनाएका हुन् ।

१४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको गुयनाले १६ ओभर तीन बलमै चार विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । दुई विकेट सन्दीपले लिँदा अन्य दुई विकेट शेल्डन कोट्टेरेलले लिएका थिए । उनले दुई ओभर बलिङ गर्दै २१ रन खर्चिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ