गाेरखा, २४ साउन ।
नेपाल कम्युनिस्ट पार्टी गाेरखाका जिल्ला ईन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेकेा छ । बुधवार घरमा बसिरहेको अवस्थामा उहाँलाइ प्रहरीले गिरफ्तार गरेकेा हाे ।
नेकपा गाेरखाका सेक्रेटरी निशानले अाज बिज्ञप्ती निकालेर कुमाललाइ अाेली सरकारकाे निर्देशनमा विनाकारण फासिवादि शैलीमा केही सुरक्षाकर्मीद्वारा अपहरण गरिएको भन्दै बिराेध जनाउनु भएकाे छ ।
उहाँले जिल्ला इन्चार्ज कुमाललार्इ अपहरणा शैलीमा लगेर बेपत्ता बनाएकाे भन्दै घाेर निन्दा र भत्सर्ना समेत गर्नुभएकाे छ । साथै विनाशर्त उहाँकाे शीघ्र रिहाइकाे माग पनि गर्नुभएकाे छ ।
बिज्ञप्तीमा भनिएकाे छ, अाफैद्वारा निर्माण गरिएको भनिएको संविधान प्रदत्त माैलिक हकलाई समेत बेवास्ता गर्दै स्वतन्त्र पुर्वक बाच्न पाउने र प्रजातान्त्रिक तरिकाले राजनीतिक अास्था राख्न र सङ्गठन गर्न पाउने अधिकारलाई समेत कुण्ठित पार्दै फरक राजनीतिक अास्था राखेकै अाधारमा अपहरण र धरपकड गर्नु मानव अधिकार विरोधी कार्य भएको प्रष्ट हुन्छ। तसर्थ यस्ता कायर्तापूर्ण कार्य उप्रान्त नदोहोर्याउन चेतावनी दिन चाहन्छु। तथाकथित दुइतिहाईको कम्युनिस्ट सरकारले राजनीतिक अास्थाका अाधारमा अपहरण गरिएका नेता तथा कार्यकर्ताप्रति हिरासतमा गरिएको अमानवीय व्यबहार छानबिन तथा अनुगमन गर्न मानवअधिकारवादी सस्था, पत्रकार, राजनितीक दल एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछ।
सरकारको यसप्रकारको रवैयाले देशलाई युध्द र द्वन्द्वतिर धकल्न खोजिएको पुष्टि भएकाे भन्दै सेक्रेटरी निशानले यसप्रकारको फासिवादी शैलीको भण्डाफोर र प्रतिवाद गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्त, गणतन्त्रप्रेमी एवं सच्चा लोकतन्त्रवादी शक्तिहरुमा अपिल समेत गर्नुभएकाे छ ।
साथै उहाँले नागरिको गिराफतारी र धरपकडका बिरुद्ध पार्टीद्वारा घोषणा गरिएको यहि साउन २९ गतेको नेपाल बन्द र अन्य सङ्घर्षका कार्यक्रममा सहयोग गरिदिनु हुनपनि अपिल गर्नुभएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline