नोवेल मेडिकल कलेज बिराटनगरमा एम.वि.वि.एस अन्तिम बर्षमा अध्ययनरत सौरभ उप्रेतीको मृत्युस रहस्यमय भएको भन्दै बिभिन्न संघ सस्थाहरुले तत्काल घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
उप्रेतिको शंकास्पद मृत्युुबारे एक हप्ता नाघिसक्दा पनि सत्यतथ्य बाहिर नल्याइएको भन्दै उप्रेती आबद्ध रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालले बुधबार संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै बिरोध गरेका हुन् ।
उनीहरूले २४ घण्टाभित्र आउनुपर्ने पोस्टमार्टम रिपोर्ट एक हप्तासम्म पनि सार्वजनिक नगरिनु र कलेज प्रसासन त्यस बिषयमा मौन रहनु जस्ता कुरा रहस्यमय भएको भन्दै विभिन्न प्रमाणका आधारमा उनको हत्या नै भएको दाबी गरिएको छ । शरीरमा देखिएका निलडाम, मुखबाट बगेको रगत र घांटीमा बेरिएको तार आदि हत्याका कारण भएको भन्दै बिज्ञप्तिमा यथाशीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र अपराधीलाई कडा कारबाहीको माग गरिएको छ ।
यस्तै उनका परिवारले पनि छोरोको मृत्यु रहस्यमय भएको भन्दै न्यायको माग गरेको छ ।
यस्तो छ विज्ञप्ती ।
नोवेल मेडिकल कलेज बिराटनगरमा एम.वि.वि.एस अन्तिम बर्षमा अध्ययनरत सौरभ उप्रेतीको मृत्युस रहस्यमय भएको भन्दै बिभिन्न संघ सस्थाहरुले तत्काल घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
उप्रेतिको शंकास्पद मृत्युुबारे एक हप्ता नाघिसक्दा पनि सत्यतथ्य बाहिर नल्याइएको भन्दै उप्रेती आबद्ध रहेको श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपालले बुधबार संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै बिरोध गरेका हुन् ।
उनीहरूले २४ घण्टाभित्र आउनुपर्ने पोस्टमार्टम रिपोर्ट एक हप्तासम्म पनि सार्वजनिक नगरिनु र कलेज प्रसासन त्यस बिषयमा मौन रहनु जस्ता कुरा रहस्यमय भएको भन्दै विभिन्न प्रमाणका आधारमा उनको हत्या नै भएको दाबी गरिएको छ । शरीरमा देखिएका निलडाम, मुखबाट बगेको रगत र घांटीमा बेरिएको तार आदि हत्याका कारण भएको भन्दै बिज्ञप्तिमा यथाशीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र अपराधीलाई कडा कारबाहीको माग गरिएको नोवेल मेडिकल कलेज बिराटनगरमा एम.वि.वि.एस् अन्तिम बर्षमा अध्ययनरत पिता श्री अर्जुन प्रसाद उप्रेति र माता श्री गोपिनि सापकोटा उप्रेतिका सुपुत्र श्रीकृष्ण प्रणामी समाजका सदस्य र देशकै होनहार युवा सौरभ उप्रेतिको मिति २०७५ श्रावण १६ गते राति बिराटनगर उपमहानगरपालिका स्थित नेत्र बहादुर कार्कीको घरमा डेरा गरी साथीसंगै बस्दै आएको, निज राति सुतेको अवस्थामा शंकास्पद मृत्यु भएको सन्दर्भमा घटना स्थलको प्रत्यक्ष अवलोकन गर्ने ब्यक्ति र फोटाहरु, मृतकको परिवारबाट प्राप्त जानकारी र घटना स्थलको प्रकृति अनुसार मृत्यु सामान्य अवस्थामा नभई हत्या नै भएको भनी अनुमान गर्ने पर्याप्त आधारहरु रहँदा रहदै पोष्टमार्टमको प्रतिवेदनका लागि धरान मेडिकल कलेज लगिएकोमा हाल सम्म पनि सत्य तथ्य बाहिर नआएकोले श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति नेपाल यथाशिघ्र उक्त घटनाको वास्तविक सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायको जोडदार रुपमा ध्यान आकर्षण गराउँदछौं ।
सो मृत्यु सामान्यरुपमा भएको नभई हत्या नै हो भनी अनुमान गर्न सकिने निम्न पर्याप्त आधार रहेका छन् ।
१. मृतकको घाँटीमा ल्यावटपको तार बेरिएको अवस्थामा पाईनु ।
२. मृतकको छाति, देब्रे करङ्ग लगायत शरिरका अन्य भागमा निलडाम देखिनु ।
३. नाक, कान, मुखबाट रगत बगेको अवस्थामा पाईनु ।
४. राती १ बजेसम्म अध्ययन गरी संगै सुतेको साथीले घटना भईसके पछि मात्र थाहा पाएको
जानकारी दिनु र निजलाई हाल सम्म पनि नियन्त्रणमा नलिनु । सोहि तलामा बस्ने घरधनीलाई
समेत यो विषयमा जानकारी नहुनु ।
५.सम्बन्धित घटनामा आफ्नो होनहार विद्यार्थिको शंकास्पद मृत्यु हुँदा कलेज प्रशासन मौन रहनु ।
६.२४ घण्टा भित्र बाहिर आउनुपर्ने पोष्टमार्टम रिपोर्ट ६ दिन वित्दा समेत सार्वजनिक नहुनु ।
उल्लेखित बुँदाहरुको आधारमा मृत्यु सामान्य नभई हत्या भएको पुष्टि हुने पर्याप्त आधार रहेको देखिएकोले सम्बन्धित प्रहरी प्रशासन, कलेज प्रशासन लगायत सम्बन्धित सबै निकायको ध्यान आकर्षण गराउँदै समय मै यस घटनाको सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायमा जोडदार माग गर्दै घटना लुकाउन दवाउन खोजियमा देशै भर शसक्त बिरोधका कार्यक्रम गर्न बाध्य हुने ब्यहोरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउंछौं ।
श्याम केसी मात्रृका प्याकुरेल शारदा शर्मा
अध्यक्ष अध्यक्ष अध्यक्ष
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल श्रीकृष्ण प्रणामी बाईजुराज महलिा समिति नेपाल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार