नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार, आजै अदालत उपस्थित गराइँदै

नेकपाका प्रवक्ता प्रकाण्ड गिरफ्तार, आजै अदालत उपस्थित गराइँदै

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 24K
    SHARES

२३ साउन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीको एक टोलीले प्रवक्ता प्रकाण्डलाई राजधानीकाे चाेभारबाट मंगलवार राति साढे ७ बजे गिरफ्तार गरेको हो । अहिले उनलाई महानगरीय परिसर टेकुमा राखिएको छ । उनलाई अहिले ३ बजे अदालत लैजाने तयारी भइरहेको जनाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेको पुष्टि गरेका छन् । प्रकाण्डलाई कहाँबाट गिरफ्तार गरिएको हो भन्ने स्थान भने खुलाउन चाहेनन् । प्रकाण्डसँगै केही नेता समेत गिरफ्तार गरिएको बुझिाएको छ ।

प्रकाण्डसँगै अन्य एक नेतालाई पनि गिरफ्तार गरिएको जनाइएको छ ।

आजै बिहान काठमाडौंको सुकेधारास्थित निवासमा सादा पोशाकमा गएको प्रहरीले छापा मारेको थियो । त्यसबेला भने प्रकाण्ड फेला परेनन् । लत्ताकपडा र भाँडावर्तन छरपष्ट पारेर टोली फर्किएको थियो ।

निवासमा रहेका परिवारका सदस्यहरुलाई अभद्र व्यवहार गर्नुका साथै र प्रकाण्डको खोजी गरेको थियो । टोलीले केही कागजात समेत लिएर गएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ