महिला हिंसाको अन्त्यको माग गर्दै विद्यार्थी परिषद्द्धारा विरोध प्रदर्शन

महिला हिंसाको अन्त्यको माग गर्दै विद्यार्थी परिषद्द्धारा विरोध प्रदर्शन

  • बुधबार, साउन २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

धनगढी, साउन २३ ।
महिला मािथ हुने हिंसाको अन्त्यको माग रान्दै प्राज्ञिक विद्यार्थी परिषद नेपालले धनगढीमा विशाल र्याली निकालेको छ ।

पछिल्लो समय मुलुकमा बढ्दै गइरहको महिला हिंसाको अन्त्यको माग गर्दै विद्यार्थी परिषदको धनगढी इकाईले मंगलबार विशाल र्याली निकालेको हो ।

साथै विद्यार्थी परिषदले भर्खरै मात्र कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार गरि हत्या गरेको भन्दै यसको विरोध तथा पिडितलाई न्याय र दोषीलाई यथाशीघ्र कारबाहीका माग राख्दै विरोध र्याली निकालेको हो ।

यस्तो प्रकारको घृणित कार्यले मुलुकभरकै नारी सुरक्षामाथि प्रश्न चिन्ह खडा भएको विद्यार्थी परिषदले औल्याएको छ । बलात्कारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकाय समक्ष विद्यार्थी परिषदले माग गरेको छ ।

धनगढीको पार्क मोडबाट सुरु भएको र्याली विभिन्न नगरपरिक्रमा गर्दै चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ