क्रान्तिकारी पत्रकार सगठनका जाजरकोट अध्यक्ष तिर्थराजलाई सहयोग

क्रान्तिकारी पत्रकार सगठनका जाजरकोट अध्यक्ष तिर्थराजलाई सहयोग

  • मङ्लबार, साउन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौ, २२ साउन ।

पहिरोमा परि ५ बर्षिय छोरी नजम बोहरालाई गुमाएका पत्रकार तिर्थराज बोहराको ४ कोठे घर र घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाबर्तन लगाएका सबै सम्पती पुर्णरुपमा नष्ट भएको छ ।

घरबास बिहिन भएका पत्रकार बोहरा नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका सदस्य, क्रान्तिकारी पत्रकार संगठन नेपाल, जाजरकोट अध्यक्ष र नेपाल पर्यटन पत्रकार संघ, जाजरकोटका कोषाध्यक्ष हुन् ।

पत्रकार बोहराको तत्काल सहयोग तथा राहतका लागि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले १० हजार सहयोग गर्ने जानकारी गराउनुको साथै उनको सहयोगका लागि अन्य निकायसंग अनुरोध गर्ने जानकारी गराएको छ ।

त्यसैगरि नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका तर्फवाट अध्यक्ष भीमबहादुर सिंहले पत्रकार बोहरालाई १० हजार सहयोग रकम हस्तान्तरण गरेका छन् । त्यसैगरि पत्रकार बोहरालाई काठमाण्डौं काटेश्वरवाट सञ्चालित अर्थसरोकार अनलाईनले ५ हजार ५ सय ५५ रुपैया, काठमाण्डौं अनामनगर देखि सञ्चालित मिरमिरे अनलाईनले ५ हजार १ सय र बुटुवलवाट सञ्चालित गर्जनपोष्ट साप्ताहीकले ५ हजार ५ सय सहयोग गरेका छन् ।

उक्त अनलाईन र पत्रिकावाट प्राप्त सहयोग रकमलाई नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहद्धारा पत्रकार बोहरालाई मंगलबार हस्तान्तरण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ