काठमाडौं, साउन २२ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज थाइल्याण्डको पुलिस टेरो क्लबसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ बजेपछि थाइल्याण्डमा सुरु हुनेछ ।
एसियाड र साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाली टोली थाइल्याण्ड पुगेको हो । आज नेपाली टीममा रोहित चन्द र किरण चेम्जोङ हुने छैनन् । रोहितलाई उनी आवद्ध रहेको इण्डोनेशियाको क्लबले नपठाएको हो भने किरण आज मात्र थाइल्याण्ड जानेछन् ।
चोटका कारण भरत खवास पनि थाइल्याण्ड गएका छैनन् । नेपालको २३ वर्षमुनिको टोली अभ्यास खेलमा आउँदो शुक्रबार थाइल्याण्डको २३ वर्षमुनिको टोलीसंग खेल्नेछ ।
साफ र एसियन गेम्सको लागि एन्फाले २६ खेलाडीलाई अभ्यासका लागि थाइल्याण्डमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline