आज पूर्वी नेपालका ९ जिल्ला बन्द

आज पूर्वी नेपालका ९ जिल्ला बन्द

  • मङ्लबार, साउन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

पाँचथर, साउन २२ ।
राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आज पूर्वी नेपालका ९ जिल्ला बन्द गरेको छ । बन्द आह्वानका कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभावित बनेको छ ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै विरोधमा परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्ने गरेका छ ।

बन्दका कारण पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधन चलेका छैनन् ।

शैक्षिक संस्था तथा कलकारखाना पनि बन्द भएका छन् । एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ